बबिताको सांगीतिक भक्ति आराधना


Bhajan-photoकाठमाडौं । दर्जनौ भक्ति गीतमा स्वर दिइसकेकी गायिका बबिता सिटौलाले नेपाली भजनहरुको भीसीडी संग्रह ‘भक्ति आराधना’ श्रोतामाझ ल्याएकी छन् । संग्रहको विश्व हिन्दू महासंघका अध्यक्ष भीमबहादुर कार्कीले राजधानीमा आयोजित एक कार्यक्रममा विमोचन गरे ।

संग्रहमा ९ वटा भजन समावेश गरिएको छ । आठ गीतमा शब्द तथा संगीत दीपक रमणको रहेको छ भने एक गीतमा ज्ञानबहादुर खड्काको शब्द र संगीत छ । एल्बममा गायिका बविता सिटौलालाई संगीतकार दीपक रमण, प्रद्युम्न घलेलगायतले स्वरमा साथ दिएका छन् । एल्बमको बजार व्यवस्थापन ऊँ नमः शिवाय फिल्मसले गरेको छ ।

SUBSCRIBE 👉