नाइ नभन्नु ल ३ को पोष्टरमा झल्कियो मायाप्रेम


Nai Nabhannu La 3काठमाडौं । फिल्म ‘नाइ नभन्नु ल ३’को अफिसियल फष्टलुक सार्वजनिक भएको छ । यसअघिका दुई हिट फिल्म ‘नाई नभन्नु ल’ र ‘नाई नभन्नु ल २’ पछि निर्माण भएको ‘नाईं नभन्नु ल ३’ का प्रस्तुतकर्ता विकास आचार्य हुन् । यसअघिका दुई फिल्ममा आफु निर्देशक भए पनि घरमा शोक परेपछि उनले तेस्रो फिल्मको निर्देशक सहायक निर्देशक मुस्कान ढकालले गरेका हुन् । फिल्म आगामी चैत्र २७ मा अल नेपाल रिलिज हुँदैछ ।

शाहिल खानले डिजाईन गरेको फिल्मको पोस्टरमा फिल्मका मुख्य पात्रहरु आर्यन सिग्देल, प्रियंका कार्की, अनुभव रेग्मी, सफला भट्टराई, सञ्चिता लुईटेल, सुरज सिंह ठकुरी, संयम पुरी र आश्मा डिसीको प्रेमलाई प्रस्तुत गरिएको छ ।

सांगीतिक प्रेमकथामा बनेको फिल्म वान टाइम सिनेमा प्रालीको व्यानरमा बनेको हो । फिल्ममा बसन्त सापकोटाको संगीत, विकास आचार्यको लेखन, हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको नृत्य र पुरुषोत्तम प्रधानको छायांकन छ ।

SUBSCRIBE 👉