गरिमालाई के भयो यस्तो


Garima Pantaकाठमाडौं । गायिका स्मीता घिमिरे र गायक जोहेब मानन्धरको स्वरमा रहेको ‘के भो आज भोली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रसन्न पौडेलले निर्देशन गरेको भिडियोमा गरिमा पन्तको अभिनय रहेको छ ।

पछिल्लो समयमा एकपछि अर्को फिल्ममा व्यस्त गरिमालाई भिडियोमा कमै मात्र अभिनय गरेको देखिन्छ । एल्बम ‘स्माइल’ मा रहेको गीतमा जोहेबकै शब्द तथा संगीत छ ।

भिडियोमा निर्देशक पौडेलले गरिमालाई फिल्मकै नायिकाको रुपमा प्रस्तुत गरेका छन् । भिडियोमा गरिमालाई मोडल श्रृजलले साथ दिएका छन् । प्रकाश तुलाधरको सम्पादन रहेको भिडियोमा विदुर पाण्डेको छायांकन छ ।

SUBSCRIBE 👉