सोनाक्षीले पाईन् घण्टा अवार्ड


sonakshiबलिउडमा सबैभन्दा खराब प्रदर्शन गर्ने फिल्मलाई प्रदान गरिने ‘घण्टा अवार्ड’ विभिन्न कलाकारलाई प्रदान गरिएको छ । फिल्ममा खराब प्रस्तुति गर्ने कलाकारमा यसपटक सोनाक्षी सिन्हा पनि परेकी छन् । उनले फिल्म ‘होलिडे’ र ‘एक्सन ज्याक्सन’ का लागि ‘घण्टा अवार्ड’ जितिन् । ‘होलिडे’मा बक्सर बनेकी सोनाक्षीलाई त्यही फिल्मका लागि ‘एनीथिङ बट सेक्सी’को अवार्ड पनि पाईन् ।

यसबाहेक फिल्म ‘हमशकल्स’का लागि सैफ अली खान, रितेश देशमुख र राम कपूरले ‘सबैभन्दा घटिया एक्टर’को अवार्ड जिते। यो फिल्मले ‘सबैभन्दा खराब फिल्म’को अवार्ड पनि पायो । बक्स अफिसमा राम्रो कमाई गरेको फिल्म ‘ह्याप्पी न्यू ईयर’का लागि फराह खानले खराब डाइरेक्टरको अवार्ड चुमिन् ।

SUBSCRIBE 👉