रिमालाई पाउन यस्तो हत्ते


Reema Biswakarmaकाठमाडौं । अभिनेत्री तथा मोडल रिमा विश्वकर्मा निकै तनावमा देखिएकी छन् । तनावको कारण हो, मायाप्रेम । आफुलाई मनपराउने केटा धेरै भएपछि उनी कसलाई आफ्नो साथी बनाउने भनेर तनावमा देखिएकी छन् । उनको यो तनाव भने वास्तविक होईन् ।

गायक समिर आचार्यको स्वरमा सार्वजनिक भएको नयाँ गीति भिडियो ‘तिमी पनि एक्लै म पनि एक्लै’ मा तीनजना केटासँग रिमाको रोमान्स हेर्न सकिन्छ । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ ।

गायक आचार्यका अनुसार यो गीत कुनै पनि एल्बममा समावेश गरिएको छैन । ‘मैले एउटा गीत मात्र रेकर्ड गराएर भिडियो तयार पारेको हुँ ।’ उनले भने ।

व्यस्त म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेको भिडियोमा उषासँगै किरण लाकौल, विनोद न्यौपाने, सौगात र अनन्त तिमिल्सिनाले फिचरिङ गरेका छन् । भिडियोमा विदुर पाण्डेको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । सात वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले यसअघि २ एल्बम बजारमा ल्याइसकेका छन् ।

SUBSCRIBE 👉