बाल्टिमोरको भ्यालेन्टाइन्स नाइटमा बबाल


happy-valentines-day
प्रतिक पाण्डे, बाल्टिमोर । नेपाली कलामञ्चले अमेरिकाको बाल्टिमोरमा भ्यालेन्टाइन्स नाइट आयोजना गरेको छ। नाइटमा गायिका पविता परियार र गायक दिनेश भण्डारीले प्रस्तुती दिएका थिए। तर समापनतिर झडप हुँदा कार्यक्रम खल्लो भएको थियो। सुरक्षा गार्ड माथि नै हात-पात भए पछि प्रहरीले कार्यक्रममा हस्तक्षेप गरेको थियो। मादक पदार्थ सेवन गरेका कारण झगडा भएको बताएको छ।

करिब २ घण्टासम्म चलेको कार्यक्रममा बाल्टिमोर छेउछाउ बस्ने डेढ सय नेपाली तथा भुटानीहरुको सहभागिता थियो। महावाणिज्य दुत तथा चर्चित लोक गायक प्रेम राजा महत, पप गायक/गायिका संजीप प्रधान, सरिश्मा अमात्य, नायक रमेश उप्रेती, बानाका अध्यक्ष विजय श्रेष्ठ, नेपाल जनसम्पर्क समिति मेरिल्याण्डका अधक्ष्य सुभास घिमिरे, तनहुँ समाजका महासचिव तथा समाजसेवी कृष्ण जीबी पन्थलगाएतका व्यक्तित्वहरुको उपस्थिती थियो। स्थानीय कलाकारहरु निसान रञ्जित र सुरज श्रेष्ठको स्वरले पनि कार्यक्रममा रौनकता छाएको थियो। त्यस्तै, सुर्य जंगमले प्रेम दिवस विशेष कविता वाचन गरेर प्रसंशा बटुलेका थिए।

SUBSCRIBE 👉