बाम्बे बेलबेटमा रणवीर र अनुष्काको सात चुम्बन


Ranabir-Anushkaबलिउड फिल्म ‘बाम्बे बेलबेट’मा पहिलोपटक रणवीर कपुर र अनुष्का शर्मा अनस्क्रिन रोमान्स गर्दैछन् । फिल्ममा जोडीले निकै हट सिन पनि दिएका छन् । शुरुको समयमा फिल्ममा रणवीर र अनुष्काबीच कुनै पनि चुम्बनका दृश्य नहुने जनाइए पनि फिल्ममा उनीहरुले सातपटक चुम्बन गरेको खुलासा भउको थियो ।

अनुराग कश्यपले निर्देशन गरेको फिल्ममा उनीहरुले फिल्ममा सात पटक चुम्बन गरेको दृश्य हेर्न पाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार फिल्मको ट्रेलरमा पनि यी दुई कलाकारको चुम्बन दृश्यलाई राखिनेछ भने ट्रेलर अढाई मिनेटको हुनेछ ।

हालै अनुष्काको फिल्म ‘एचएच१०’सँगै ‘बाम्बे वेलबेट’को पनि ट्रेलर रिलिज हुने चर्चा भए पनि अनुष्काले यो कुरामा असहमति जनाएपछि आफ्नो फिल्मको मात्र ट्रेलर सार्वजनिक गरेकी थिईन् ।

SUBSCRIBE 👉