सितारामको भिडियोमा नायिका मेनुकाको ग्ल्यामर प्रस्तुति


गायक सिताराम पोखरेलले हेलीक्याम्पको प्रयोग गरेर खिचिएको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। उनको छैठौं एकल एल्बम ‘सम्मान २’ मा समावेश गरिएको गीत ‘होस आज छैन, बेहोसी पनि होइन…’ बोलको गीत शनिवार सार्वजनिक भएको हो ।
Menuka Pradhanप्रवण जोशीले निर्देशन गरेको भिडियोमा अभिनेत्री मेनुका प्रधानको ग्ल्यामर परफरमेन्स हेर्न पाइन्छ । ‘म आफ्ना हरेक गीतको भिडियोमा नयाँ प्रयोग गर्न रुचाउँछु,’गायक पोखरेलले भने,‘यसैको निरन्तरतामा पहिलो पटक म्युजिक भिडियोमा हेलीक्याम्प प्रयोग गरेको हुँ ।’ सितारामको यो १५ औं म्युजिक भिडियो हो । भिडियो धादिङको गल्छी र पोखरामा छायांकन गरिएको छ।

गीतमा सन्तोष पोखरेलको शब्द र करणराज कार्कीको संगीत रहेको छ भने भिडियोको सम्पादन भरत रेग्मी र छायांकन प्रताप सिंहले गरेका छन् । उनले केही महिना अघि एल्बमकै अर्को गीत ‘मेरो तोलाको हिसाब’ सार्वजनिक गरेका थिए । यसअघिका म्युजिक भिडियोमा पूर्व मिस नेपालद्वय रुवी राणा र सुमी खड्कादेखि अभिनेत्रीहरु अरुणिमा लम्साल, झरना थापा, उषा पौडेल, रञ्जना शर्मा, नन्दिता केसी, बबिता शर्मा, सुमिना घिमिरे, निशा अधिकारीलगायतले अभिनय गरिसकेका छन्।

SUBSCRIBE 👉