पेमा; वर्डंस अफ पेमा लामा, एल्बम सार्बजनिक


इजरायलमा रोजगारी गर्दै आएकी गीतकार पेमा लामाले डेब्यु एल्बम ‘पेमाः वर्डंस अफ पेमा लामा’ श्रोतामाझ ल्याएकी छन्। राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ गायिका कुन्ती मोक्तान र नेपाल गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहालले संयुक्त रुपमा एल्बम सार्वजनिक गरे।

Pema Lamaएल्बममा यो मायाले तिम्रै माया खोज्यो, आऊ बस मायालु, तिम्रै बारेमा सोच्छु सँधै, तिमी आयो यो जिन्दगीमा, सपनीमा देखे तिमीलाई बोलका गीत छन्। दुई गीतमा पेमाले स्वर दिएकी छन् भने बाँकी गीतमा अञ्जु पन्त, कमल खत्री, मेलिना राईको पनि स्वर रहेको छ। गीतमा अविद, टिका बम्जन, कमल खत्री, राजशुक्र लिम्बुको संगीत रहेको छ।

कार्यक्रममा आऊँ बस मायालु र तिम्रै बारेमा सोच्छु सँधै बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो। विशाल भण्डारी र विभोर पोखरेलले निर्देशन गरेको भिडियोमा वर्षा राउत, पल शाह, पेमालगायतको अभिनय रहेको छ।

वरिष्ठ गायिका मोक्तानले प्रवासमा रहेर पनि गीत रचना गरेकोमा बधाई दिईन् भने गीतकार दाहालले महिला गीतकारको आगमनले संगीतमा नयाँ सम्भावना बढेको बताए। एल्बमलाई भाइब्स क्रिएसनले बजारमा ल्याएको हो।

SUBSCRIBE 👉