अभिनेत्री सनीको भाइरल भिडियो


Sunny Leoneबलिउडकी हट अभिनेत्री सनी लियोन अभिनित फिल्म ‘एक पहेली लीला’को ट्रेलरले अहिले युट्युबमा भायरल बनेको छ । हालसम्म यो ट्रेलर १२ मिलियन भन्दा बढीले हेरिसकेका छन् ।

फिल्ममा सनीको दोहोरो भूमिका छ । उनी एउटा भूमिकामा विदेशी मोडल छिन् भने अर्कोमा विशुद्ध राजस्थानी महिला छिन् । उनले फिल्ममा निकै बोल्ड किसिमको दृश्य पनि दिएकी छन् । यो फिल्ममा सनीले ऐश्वर्या रायको सुपरहिट गीत ‘ढोली तारो’मा ग्ल्यामर नृत्य गरेकी छन् ।

भुषण कुमारले निर्माण गरेको फिल्मका निर्देशक बबी खान हुन् । फिल्ममा सनीका अलावा जय भानुशाली, रजनीश दुग्गल, मोहित अहलावत, मानस रञ्जन नायक र राहुल देव प्रमुख भूमिकामा छन् । फिल्म अप्रिल १० मा रिलिज हुँदैछ ।

SUBSCRIBE 👉