सत्याको काम शुरु


Satya Movieकाठमाडौं । सेलीब्रेटी नेपाल र तारा सितारा फिल्मस्को व्यानरमा फिल्म ‘सत्या’ निर्माण हुने भएको छ । कृष्ण पौडेलले निर्देशन गर्ने फिल्मको निर्मातामा सञ्चारकर्मी रघुनाथ सापकोटा रहेका छन् ।

फिल्म युनिटले आइतबार राजधानीको अनामनगरस्थित गुञ्जन रेकर्डिङ स्टुडियोमा गीत तयार पार्दै फिल्मको काम शुरु गरेको छ । विकास चौधरीको संगीत र शंकर अधिकारी घायलको शब्द रहेको ‘मन पर्र्यो मलाई’ बोलको गीतमा गायक राजेशपायल राईको स्वर हुने भनिए पनि राजेश उपस्थित हुन नसकेपछि सोमबार मात्र गीत रेकर्डिङ गरिनेछ ।

निर्देशक पौडेलका अनुसार फिल्म नारी प्रधान हुनेछ । ‘विशेष महिला एक्सनको कथा फिल्ममा हुनेछ ।’ उनले भने । निर्माता सापकोटाले सत्या नामकी युवतीको कथा फिल्ममा प्रस्तुत गरिने जानकारी दिए । उनका अनुसार फिल्मको बजेट ४० लाख रहनेछ ।

वैशाखबाट सुटिङका लागि फ्लोरमा जाने फिल्म पोखरा र काठमाडौंमा खिचिनेछ । फिल्मको कलाकार फाइनल भईसकेको छैन।

SUBSCRIBE 👉