ठमेल डटकममा थपिए अनुप–नरेन


Anup and Narenकाठमाडौं । गोपीकृष्ण मुभिज प्रालिको ब्यानरमा उद्वव पौड्यालले निर्माण गरिरहेको फिल्म ‘ठमेल डटकम’मा अभिनेताद्वय अनुपविक्रम शाही र नरेन खड्का अनुबन्धित भएका छन् । यसअघि फिल्ममा प्रमोद अग्रहरी र निता पोखरेल फाइनल भइसकेका थिए ।

ठमेलको परिवेशमा तीन यूवा र एक युवतीबीचको प्रेम, रोमान्स तथा सस्पेन्स विषयमा निर्माण हुने फिल्मका निर्देशक राजकुमार शर्मा हुन् । उनले यसअघि ‘तिलहरी’, ‘ट्रक ड्राईभर’, ‘लक्ष्मीपूजा’ जस्ता फिल्म निर्देशन गरेका थिए ।

फिल्ममा बसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेको गीत, एनबी महर्जनको द्वन्द्व र ब्रजेश खनालको पटकथा तथा संवाद रहेको छ । निकिता पौडेल, निरज पौडेल, निरक पौडेलको निर्माता रहेको फिल्मका छाँयाकार राजुविक्रम थापा हुन् ।

SUBSCRIBE 👉