यस्तो रहयो स्टार एफएम म्युजिक अवार्ड २०७०


Star-FM-Music-Award-2070-kiran-kharel-rekha-thapa

ग्ल्यामर नेपाल, काठमाडौं । पहिलो स्टार एफएम म्युजिक अवार्डमा वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको छ । प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड समारोहमा प्रधानलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । स्टार एफएमले पहिलो पटक आयोजना गरेको अवार्डमा कृष्णा ताम्राकार रेडियोकर्मी अवार्डबाट सम्मानित भएका छन् । अवार्ड समारोहमा नेपाली सांगीतिक तथा सिनेमा क्षेत्रका चर्चित हस्तीहरुको उपस्थिति थियो ।

२४ विधामा प्रदान गरिएको अवार्डमा उत्कृष्ट पप गायक नविन के.भट्टराई र पप गायिका आस्था बी घोषित भएका छन् । राष्ट्रिय भावको गीततर्फ उन्नती बोहरा शिला, उत्कृष्ट पप संगीतकार राजु सिंह, उत्कृष्ट चलचित्र गीतकार डाक्टर कृष्णहरी बराल र उत्कृष्ट पाश्र्व गायिका मिलन अमात्यको अवार्ड जितेका छन् । उत्कृष्ट पाश्र्व गायकको अवार्ड स्वरुपराज आचार्यको पोल्टामा जाँदा उत्कृष्ट चलचित्र संगीतकार बसन्त सापकोटाले हात पारेका छन् । उत्कृष्ट लोकगीतको अवार्ड भोजराज काफ्लेले जितेका छन् । त्यस्तै, लोकदोहोरी शब्दतर्फ एकनारायण भण्डारी, उत्कृष्ट लोकदोहोरी गायिकातर्फ देवी घर्तीमगर, उत्कृष्ट लोकदोहोरी गायक कुलेन्द्र बीक, उत्कृष्ट लोकदोहोरी भाकातर्फ रामजी खाँडले अवार्ड प्राप्त गरेका छन् । नव प्रतिभा लोकदोहोरी गायकतर्फ मौसम गुरुङले अवार्ड जितेका छन् ।

अवार्ड समारोहमा विल्सनविक्रम राई ‘तक्मे बुढा’को प्रस्तुतीले निकै वाहवाही पाएको थियो । उनले नायिका रेखा थापा र नन्दिता केसीलाई व्यंग्य गरेका थिए । त्यस्तै, मिलन अमात्य र प्रल्हाद तिमिल्सिनाको स्वरले कार्यक्रममा रौनकता बढाएको थियो । चर्चित पप गायक अनिल सिंहले गीत गाउँदै रेखालाई प्रेम प्रस्ताव राखेको दृश्य पनि निकै हेर्न लायक थियो ।

Click Here To View Full Photo Gallery Of STAR FM MUSIC AWARD 2070

SUBSCRIBE 👉