नेपाल – भारत फुटवल म्याचमा हरिवंश मदनकृष्णको धुवाँ


फुटबलको प्रतियोगिताको मजा लिन पुगेका दर्शकहरुले मंगलबार चर्चित कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको साथ पाए। नेपाली टोलीलाई उत्साह भर्न दर्शकहरुको रंगशालामा बाक्लो उपस्थिति थियो। उनीहरुको नेपालले गोल गर्ने आशाको व्यग्रता झल्कन्थ्यो। नेपालको फुटबल हेर्न हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि पुगेका थिए।

Haribansha Madankrishna
रंगशालामा फुटबल हेर्दै हरिवंश र मदनकृष्णले धुवाँ सिरियलको सुटिङ समेत गर्न भ्याए। सेतो कमिज लगाएका हरिवंश रातो माकल टोपी, चश्मा, र जुँगे स्वरुपमा थिए। उनलाई दर्शकहरुले ‘ए हरिबहादुर भन्दै चिच्याएर बोलाए।’ हरिवंशले मुस्कुराउँदै फर्किएर जवाफ दिए – ‘हजुर’ । फुटबल हेर्न गएका दर्शकहरु हरिवंशको जवाफले रमाए।

मदनकृष्ण श्रेष्ठ भने कालो टोपी र सेतै कमिजमा थिए। दुवैजनाले ‘नेपालका खलासी’ भनेर अक्षर लेखिएको कमिज लगाएका थिए। मदनकृष्णको कमिजमा ‘धुवाँ भगाउँ संसार जोगाउँ’ लेखिएको थियो। हरिवशंको कमिजमा भने ‘ए दाई तपाईँको ध्यान कता? धुवाँले पृथ्वी बिग्रिसक्यो नि यता?’ लेखिएको थियो।
शब्द तथा तस्विर: पहिलो पोस्ट डट कम

SUBSCRIBE 👉