बाबुको भाले फाइट कोसँग ?


काठमाडौं । मुनाल फिल्मस्को व्यानरमा निर्माण गरिएको तेस्रो फिल्म ‘भाले फाइट’को टिजर सार्वजनिक भएको छ । अभिनेता बाबु बोगटीलाई प्राथमिकता दिइएको टिजरमा बाबु अर्को व्यक्तिसँग भाले फाइट गर्दैछन् । तर अर्का व्यक्ति को हुन् भन्ने खुलाईएको छैन ।

Babu Bogatiफिल्ममा बाबुका अलावा सन्दिप क्षेत्री, अजय श्रेष्ठ र रिमा विक प्रमुख भूमिका छन् । भोजबहादुर गुरुङ कार्यकारी निर्माता रहेको फिल्मले सफल पुरुषको पछाडि महिलाको भूमिका र योगदानको कथा प्रस्तुत गरेको छ । फिल्मका निर्देशक अशोक राई(च्याप) हुन् ।

विशा राई, शर्मिला राई र मन राई निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, कमल राईको नृत्य र गणेश श्रेष्ठको छायांकन रहेको छ । फिल्म आगामी जेठमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

SUBSCRIBE 👉