मुसुक्क हास्दा भुतुक्क भए होस्टेल रिटर्नसका कलाकार


काठमाडौं । वैशाख २५ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘होस्टेल रिटर्नस्’को ‘मुसुक्क’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । द स्याडोज नेपालका स्वप्नील शर्माको संगीत र शब्दमा तयार भएको गीतमा स्वप्नील र श्रेया सोताङको स्वर रहेको छ । गीतमा फिल्मका निर्माता तथा अभिनेता सुनिल रावलसहित अन्य कलाकारहरुले फिचरिङ गरेका छन् ।

Hostel Returns‘सायद’ र ‘होस्टेल’ जस्ता सुपरहिट फिल्मको निर्माण गरेको व्यानर दुर्गिश फिल्मसले निर्माण गरेको फिल्मका निर्देशक निर्देशक सुरज भुषाल हुन् । निर्देशक भुषालका अनुसार फिल्मले इन्जिनियरिङ विषयका विद्यार्थीको होस्टेल जीवनलाई प्रस्तुत गरेको छ ।

फिल्ममा सुशिल श्रेष्ठ, सुशिल सिटौला, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, शिव श्रेष्ठ, अभय बराल, रोयदीप श्रेष्ठ, प्रदीप चौधरी, नाजिर हुसेन, दीया मास्के, इभान जोशी र निर्मल शर्माको अभिनय रहेको छ । फिल्ममा अष्ट महर्जनको द्वन्द्व, गोविन्द राई र सुरज भुषालको कोरियोग्राफी र हरि हुमागाईको छायांकन छ ।

SUBSCRIBE 👉