केकी अधिकारी र सबिन श्रेष्ठको भागा भाग “भाग सानी भाग”


काठमाडौं । बलिउडमा केही समय अघि रिलिज भएको फिल्म ‘भाग मिल्खा भाग’ले समिक्षकको राम्रो प्रशंसासँगै बक्स अफिसमा पनि राम्रै व्यापार ग¥यो । अब यस्तै नाम झुक्किने शैलीको नाम ‘भाग सानी भाग’ लिएर नेपालमा फिल्म बन्ने भएको छ । पाश्र्व संगीत र आधुनिक संगीतमा चर्चित संगीतकारका रुपमा स्थापित चेतन सापकोटाले पहिलोपटक निर्माण गर्न लागेको यो फिल्मको लेखन र निर्देशन नवल नेपालले गर्नेछन् । फिल्ममा चेतन कार्यकारी निर्माता रहेका छन् ।

Keki Adhikariतनहुँको दमौलीमा शनिबारबाट सुटिङ हुने फिल्मको राजधानीमा बिहीबार मुहुर्त गरिएको छ । फिल्ममा सानीको भूमिकामा अभिनेत्री केकी अधिकारी हुनेछिन् भने सबिन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको पनि मुख्य भूमिका रहनेछ । मुहुर्तमा केकीले झोला बोकेर भाग्दै गरेको अभिनय गरेकी थिईन् ।

कार्यक्रममा निर्देशक नेपालले फिल्म कमेडी फ्लेबरमा बन्न लागेको बताउँदै रंगिन सपना बोकेर आ–आफ्नो गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई फिल्मले मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिने जनाए । अभिनेत्री अधिकारीले फिल्मले नारी अधिकारको कुरालाई उठान गर्ने दाबी गरिन् । फिल्म निर्माणमा चेतनलाई सहदेव गौतम र विलोल पोखरेलले सघाउनेछन् ।

साथीभाई फिल्मस्का लागि विष्णु चापागाईको प्रस्तुतीमा बन्न लागेको फिल्ममा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन हुनेछ ।

SUBSCRIBE 👉