जेठीलाई धोका दिँदा श्यामको रुवावासी


काठमाडौं । दुई जोईको पोई कुना पसी रोई भन्ने उखान अभिनेता श्याम अर्यालको कलाकारितामा चरितार्थ भएको छ । सञ्चारकर्मी डब्बु क्षत्रीले लेखेको गजल ‘धेरै रोएँ तिम्रो यादमा छैन अब आँसु…’ को म्युजिक भिडियोमा कान्छीको पछि लागेर जेठी पत्नीलाई धोका दिँदा अभिनेता अर्यालको रुवावासी भएको हो ।

Shyam Aryalयो भिडियोमा अभिनेता अर्यालले जेठी घरमा हुँदाहुँदै कान्छी भित्राउने कार्य गरेका छन् । कान्छी बनेकी अभिनेत्री मोनिका दाहालले ५० लाख रुपैयाँ लिएर उनलाई छाड्दा जेठी पत्नी बनेकी मोडल खुसी घिमिरेले आत्महत्या गर्छिन् । जुगल डंगोलले संगीत दिएको यो गजल नेपाली च्यानलहरुबाट पनि दर्शकमाझ आएको छ ।

डब्बु आफैंले निर्देशन गरेको यो म्युजिक भिडियोलाई बिन्ध्यवासिनी म्युजिकले बिहिबार युट्युव मार्फत सार्वजनिक गरेको छ। मित्र गुरुङले सम्पादन गरेको यो भिडियोलाई निरोज श्रेष्ठले खिचेका हुन् ।

गीत क्षत्रीको गजल संग्रह ‘झरी’मा संग्रहित छ । गजलमा अञ्जना गुरुङको स्वर छ । गजलको भिडियोलाई दर्शकले रुचाएको निर्देशक तथा गजलकार क्षत्रीले बताए ।

SUBSCRIBE 👉