तोङ्बा र सुकुटीसँगै साहुनीमा अल्झियो मन


Tuk Gurungकाठमाडौं । भट्टीको मिठो सुकुटी त्यहि माथि रक्सी तोङ्बा र छयाङ् अनि राम्री साहुनी भए पछि ग्राहक पल्किनु सहजै कुरा हो। नेपाली म्युजिक भिडियो अनि ¥याम्प शोमा व्यस्त बन्दै गरेका मोडल राजु ग्यावकलाई यस्तै परेको अहिले यस्तै परेको छ।

सुकुटी पकाउदै गरेको साउनी अनि मिठो छयाङमा भुल्दा भुल्दै अनेकौ सपनामा डुबेका छन् मोडेल राजु । साहुनी जस्मिनले दिएको छयाङ् सँगैको मायाको मायालु बानी व्यहोरा भुलेका राजु र गायक तुल गुरुङले भट्टीमै तोङ्बाको तालमा गीत गाउदै रात पारेका छन् ।

टेक छिरिङ् लामाको निर्देशनमा फोटो पत्रकार नविन गुरुङले कैद गरेको ‘भट्टीको मिठो सुकुटी’ बोलको गीतको भिडियोमा रमाइला क्षणहरु देखाइएको छ । तामाङ सेलोमा आधारित यस गीतको म्युजिक भिडियोमा मोडल जस्मिन तामाङ् पहिरनमा सजिएकी छिन् यस म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन् । जीवन खत्रीले लेखेको यस गीतलाई रमेश पाठकले संगीत गरेका हुन् ।

SUBSCRIBE 👉