मिस मंगोलको सातौं संस्करण सुरु


काठमाडौं । नेपाली सौन्दर्य प्रतियोगीतामा आफ्नै पहिचान बनाएको ‘मिस मंगोल नेपाल’को सातौं संस्करण सुरु भएको छ । प्रतियोगीतामा १६ देखी २४ वर्ष उमेरका, एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाई भएका आदिवासी समुदायका अविवाहित युवतीले भाग लिन पाउने छन । नेपालमा पहिलो पटक विजेतालाई एक लाख रुपैयाँ पुरस्कार दिन थालेको प्रतियोगीतामा यसवर्ष विजेतालाई स्कुरसहित उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ ।

Miss Mangolत्यसैगरी फस्ट रनरअपलाई ५० हजार र सेकेन्ड रनरअपलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक एक्सन इन्टरटेनमेन्टले जनाएको छ । सुन्दरता, बौद्धिकता र संस्कृतिबीचको फ्युजनका रुपमा लिइएको मिस मंगोलमा विजेता छनोट प्रक्रियालाई वैज्ञानिक र सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सोलाई आधार बनाइँदै आएको छ । प्रतियोगीताका लागि चैत १३ गतेभित्रमा आवेदन फारम भरीसक्नुे पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगीतामा यसवर्षदेखी सर्टकट इन्ट्रीमार्फत मिस ट्यालेन्ट विजेता र एसएमएस भोटिङमा सबैभन्दा धेरै भोट प्राप्त गर्ने प्रतियोगीले उत्कृष्ठ १५ मा सिधै प्रवेश पाउने छन् । प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले एक महिना प्रशिक्षण दिने छन्। विभिन्न जातीय सौन्दर्य प्रतियोगीताका विजेतालाई विना अडिसन सहभागी गराइने इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक चन्दा घिसिङले बताईन् ।

यसअघि सृष्टि राजकर्णिकार, वर्षारानी गुरुङ, सुम्निमा देवान, सपना रोका, मुस्कान लिम्बु र एनिस्ता गुरुङले शीर्ष उपाधी चुमिसकेका छन् । मिस मंगोल नेपाल २०१५ को अन्तिम प्रतिष्पर्धा आगामी वैशख २६ गते राजधानीमा हुनेछ ।

SUBSCRIBE 👉