मेलिनालाई काली भन्दा किरण भए काले


Melina Shresthaकाठमाडौं । मोडल मेलिना श्रेष्ठलाई काली भनेर जिस्क्याउन गएका मोडल किरण लाकौललाई उल्टै काले भनेर खेदाए पछि लाकौललाई निकै आपत परेको छ । उत्तम थापा मगरको सांगीतिक एल्बम ‘उत्तम’मा रहेको ‘मै काले’ बोलको गीतको भिडियोमा लाकौललाई यस्तो आपत परेको हो ।

कमेडी फ्लेबरमा निर्माण गरिएको भिडियोका निर्देशक पासाङ योञ्जन लामा हुन् । प्रवेश तण्डुकारको सम्पादन, निशान घिमिरेको कलर करेक्सन र सञ्जित श्रेष्ठले छायांकन गरेको भिडियोको सह निर्देशक कजीन कार्की हुन् ।

SUBSCRIBE 👉