चौंथो म्यूजिक अवार्डको आवेदन खुल्ला


काठमाडौं । विगत चार वर्षदेखि म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड २०१५’ को चौथो संस्करणको आवेदन बिहीबारबाट खुला गरिएको छ ।
Music Awardम्युजिक खबर डटकमले आधुनिक, लोक, चलचित्र, पप जस्ता गीतसंगीतको विधामा केन्द्रित रहेर विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ । प्रत्येक वर्ष अंग्रेजी मिति अनुसार अवार्डको आयोजना गरिँदै आएको म्यूजिक अवार्डलाई यस वर्षबाट नेपाली मिति अनुसार यही चैत मसान्तसम्म बजारमा आएका गीत, संगीतलाई अवार्डमा सहभागी गराइने आयोजक सुमन वैरागीले बताए ।

उक्त अवार्ड कार्यक्रममा विगतको वर्षहरुमाझैं प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता पुरस्कार लगायत विभिन्न सम्मानका साथमा मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिने बैरागीले जनाए ।

SUBSCRIBE 👉