‘बिहानदेखि बेलुकैसम्म हवल्दार सुन्तली’


काठमाडौं । फिल्म ‘फागु’को सुटिङ सकिएपछि फिल्मकी अभिनेत्री शिल्पा पोखरेलले आफ्नो आउँन लागेको फिल्म ‘हवल्दार सुन्तली’को प्रोमोसन गर्न फुसर्द पाएकी छन् । ‘फागु’को सुटिङमा प्रोमोसन गर्न नपाएकी उनले अबको १५ दिनको पुरै समय ‘हवल्दार सुन्तली’लाई नै दिने योजना बनाएकी छन् । यो फिल्म आगामी चैत्र २७ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।
Hawaldar Suntali‘अब १५ दिन बिहानदेखि बेलुकैसम्म फिल्मको प्रोमोसनमा हुनेछु’उनले बिहीबार भनिन्,‘यो फिल्मले मेरो करियरमा नयाँ उचाई थप्नेछ, त्यसकारण पनि दिलो ज्यान दिएर प्रोमोसनमा व्यस्त हुन्छु ।’ फिल्म ‘फागु’को सुटिङमा उनले एकदिन मात्र दर्शकसँग ‘हवल्दार सुन्तली’को कुरा गर्न पाएकी रहिछन् । ‘होलीको दिन मात्र फिल्मको कुरा गर्न पाईयो ।’ उनले भनिन् ।

चर्चित निर्माता छविराज ओझाले निर्माण गरेको फिल्मका निर्देशक ऋषि लामिछाने हुन् । फिल्ममा किशोर खतिवडा र सबिन श्रेष्ठ पनि प्रमुख भूमिकामा छन् । अछाममा सहकर्मीबाट बलात्कृत भएकी प्रहरी जवान सुन्तली धामीको विषयमा बनाइएको फिल्ममा शिल्पा सुन्तलीको भूमिकामा छिन् । शिवम अधिकारीको कथा रहेको फिल्ममा चन्द्र पन्तको द्वन्द्व, दीपक शर्माको संगीत र मदनकास्यप घिमिरेको छायांकन रहेको छ ।

SUBSCRIBE 👉