अमेरिकामा हसाउँदै धुर्मुस सुन्तली


काठमाडौं । सरकारले केही समय अघि सरसफाईको दुत नियुक्त गरेका चर्चित हाँस्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा रहेका नेपालीहरुलाई प्रहसनमार्फत हँसाउने भएका छन् । वल्र्ड बिजिनेस मेनेजमेण्ट एण्ड कन्सल्टेन्ट(डब्लुबीएमसी) नेपालको सहकार्यमा र डब्लुबीएमसी अमेरिकाले त्यहाँका दुई दर्जन राज्यमा आयोजना गर्न लागेको ‘२०७२ नयाँ वर्ष धमाका भाग १’कार्यक्रममा यो जोडीले सरसफाई अभियानको चेतनासँगै चारवटा प्रहसन गर्न लागेका हुन् ।
Kunjana Sitaramकार्यक्रमबारे जानकारी दिन राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कुञ्जनाले सरसफाई अभियानको निरन्तरता अमेरिकामा पनि दिने बताईन् । ‘हामी भन्दा सभ्य र सफा अमेरिका भए पनि हाम्रो कार्यक्रमले त्यहाँ रहेका नेपालीलाई नेपालको सरसफाई अभियानमा सहयोग गर्ने प्रेरणा मिलोस् भन्ने चाहना हो,’उनले भनिन्, ‘हामीले पहिला सरसफाई अनि आफुलाई प्राथमिकता दिनुपर्छ, जसले गर्दा सहर र देश सफा राख्न सकिन्छ ।’

उनका जोडी सितारामले आफुले अमेरिकामा रहेका नेपालीहरुलाई विशेषत नेपालका सुदुरपश्चिम क्षेत्रमा रहेका बासिन्दालाई सर्बसुलभ चर्पी बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्ने बताए । त्यही कार्यक्रममा सहभागिता जनाउन लागेका गायक प्रमोद खरेलले अमेरिकामा रहेका नेपालीलाई नेपालमा क्रिकेटको विकासमा सहयोग पु¥याउन आव्हान गर्ने जनाए ।
Artistडब्लुबीएमसी नेपालकी सीईओ शारदा पौडेल रेग्मीले कार्यक्रमबाट उठेको रकम तल्लो तहका अनाथ आश्रममा सहयोग गर्ने घोषणा गरिन् । ‘अनाथ आश्रमका नाममा राम्रा र सुविधायुक्त आश्रम पनि खोलिएका छन्, तर हाम्रो उद्देश्य चाहिँ त्यो भन्दा पनि अत्यन्त नाजुक रहेका आश्रमलाई सहयोग गर्नु हो ।’ उनले कति रकम सहयोग गर्ने भन्ने कार्यक्रम समापन पछि जानकारी गराउने जनाईन् । पत्रकार सम्मेलनमा कलाकारहरुले आफ्नो प्रस्तुतिलाई ट्रेलर शैलीमा देखाएका थिए ।

आयोजकका अनुसार भर्जिनियामा अप्रिल ४ बाट शुरु हुने कार्यक्रम सेटलमा ३० मेमा पुगेर टुंगिनेछ । उक्त सांगीतिक कार्यक्रममा लोकगायक पशुपति शर्मा र गायिका संगीता थापा मगरको समेत सहभागिता हुनेछ ।

SUBSCRIBE 👉