मेरी बास्सैमा देखिँदै मुन्द्रे


Jitu Nepalकाठमाडौं । केही समय अघिदेखि नेपाल टेलिभिजनमा प्रसारण बन्द भएको चर्चित हाँस्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’का प्रमुख पात्र जितु नेपाल ‘मुन्द्रे’ अर्को चर्चित टेलिश्रृंखला ‘मेरी बास्सै’मा देखिने भएका छन् । ‘मेरी बास्सै’का निर्देशक सिताराम कट्टेलका अनुसार जितु एक भागमा मात्र अभिनय गर्नेछन ।

जितुलाई अभिनयको गुरु मान्ने सितारामले आफ्ना गुरुलाई टेलिभिजनको पर्दामा एक्सन कट गराउन पाउँदा खुशी लागेको बताए । सितारामका अनुसार मुन्द्रे धुर्मुसेको गाँऊ आउने विषयमा कथा घुम्ने छ भने उनको भूमिका मुन्द्रेकै हुनेछ । दुई महिनाका लागि अमेरिकाको कार्यक्रममा जान लागेका सितारामले अहिले श्रृंखलाका लागि स्टक कार्यक्रम खिच्न समय दिईरहेका छन् ।

Jitu Nepal

SUBSCRIBE 👉