दुई वर्षपछि तितो सत्यमा निराजन


काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको चर्चित हाँस्य टेलीश्रृंखला ‘तितो सत्य’मा एक समयमा प्रमुख कलाकार दीपकराज गिरीको सालो भएर अभिनय गर्ने कलाकार निराजन सिग्देल पुन उक्त टेलीश्रृंखलामा देखिने भएका छन् ।
Tito-Satyaसांस्कृतिक कार्यक्रमको सिलसिलामा हालै अष्ट्रेलिया पुगेका कलाकारद्वय दीपाश्री निरौला र दीपकले निराजनलाई समेत सहभागिता गराई श्रृंखलाको छायांकन गरेका हुन् । ‘निराजन दुई वर्षपछि पुन सानो पर्दामा देखिन लागेको हो,’दीपाश्रीले भनिन्,‘यही अष्ट्रेलियाकै कथालाई सिरियलमा प्रस्तुत गरेका छौं ।’ दीपाका अनुसार निराजनले लामो समयपछि पुन दर्शकमाझ आउन पाउँदा खुशी व्यक्त गरेका छन् ।
Tito-Australiaअष्ट्रेलिया प्रस्तुत गरिएको सिरियलमा स्थानीय अन्य नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् ।

SUBSCRIBE 👉