वैशाख ११ मा फेरी आउँदै झोला


काठमाडौं । सती प्रथाको विषयलाई उठान गरेर निर्माण गरिएको फिल्म ‘झोला’ पुनः सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्देशक यादव भट्टराईले फिल्म वैशाख ११ पुनः रिलिज हुने बताए । गत माघ २४ मा रिलिज भएको फिल्म हेर्न दर्शकले पुनः माग गरेपछि रिलिज गर्न लागिएको भट्टराईको दाबी छ ।
Jhola Filmयो फिल्मले ‘सार्क फिल्म फेस्टिभल’, ‘वासिङ्टन वेस्ट फिल्म फेस्टिभल अमेरिका’, ‘गोवा इन्टरनेशनल फिल्म फेस्टिभल भारत’, ‘दिल्ली इन्टरनेशनल फिल्म फेस्टिभल भारत’, ‘डेनेभर ओमेन फिल्म फेस्टिभल कोलोराडो’ लगायतका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाईसकेको छ । फिल्मकी प्रमुख कलाकार गरिमा पन्तले यसै फिल्मका लागि ‘सार्क फिल्म फेस्टिभल’मा ‘उत्कृष्ठ नायिका’को अवार्ड जितेकी थिईन् ।

राज तिमिल्सिना, मालती शाह, सुशिल शाह र रामगोपाल श्रेष्ठ निर्माता रहेको फिल्ममा गरिमासँगै देशभक्त खनाल, दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरीलगायतको अभिनय रहेको छ ।

SUBSCRIBE 👉