को बन्ला मिस्टर एण्ड मिस त्रिचन्द्र


Mr and Mrs Trichandraकाठमाडौं । त्रिचन्द्र कलेजमा आवद्ध विद्यार्थीहरुको संयोजकत्वमा गठन भएको वि.पि मेमोरियल फाउण्डेशनले वैशाख ३ गते ‘मिस्टर एण्ड मिस त्रिचन्द्र २०१४’ आयोजना गर्ने भएको छ । प्रतियोगितामा त्रिचन्द्र कलेजमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरुको सहभागिता हुनेछ ।

फिल्म निर्देशक हेमराज विसि, कलाकार यशराज गरच, मोडल तथा फिटनेश कोच विक्की खड्गी तथा मोडल प्रवल गौतमको टोलीले फाइनल प्रतियोगिताका लागि १८ महिला र १८ पुरुष गरी ३६ जना विद्यार्थीलाई छनौंट गरेको छ ।

सबै प्रतियोगीहरुले हाल विभिन्न चरणको प्रशिक्षण लिईरहेका छन् । शिक्षासँगै ब्रेन र ब्युटीलाई पनि प्राथमिकता दिईएको आयोजक संस्थाका अध्यक्ष प्रेम राज जोशीले बताए । सरकारी स्तरको कलेजमा यस्तो किसिमको कार्यक्रम पहिलो पटक गराईरहेका जोशीले आगामी दिनमा मिस एण्ड मिस्टर युनिभर्सीटीको पनि आयोजना गर्ने बताए । जसमा त्रिवि अन्र्तगतका विद्यार्थीले भाग लिन पाउनेछन् ।

उनका अनुसार ट्यालेन्ट शोमा तृतियसम्म हुनेहरुलाई कार्वन र सामसुड मोवाईल प्रदान गरिनेछ ।

SUBSCRIBE 👉