हङकङमा स्वाद चखाउँदै चकलेट


काठमाडौं । निर्माता तथा हाँस्य कलाकार निर्मल शर्माको डेब्यु निर्देशन रहेको फिल्म ‘चकलेट’ हङकङमा आगामी जुन २८ मा अन्तर्राष्ट्रिय प्रिमियर शो हुने भएको छ । फिल्मकी निर्माता खुशी गुरुङका अनुसार हङकङपछि यूके, अष्टे«लियालगायत विश्वको विभिन्न स्थानमा पनि फिल्म प्रदर्शन हुनेछ ।
Chocolate Movieसडक बालबालिकाको कथा प्रस्तुत भएको फिल्मका लागि निर्देशक शर्मा र अर्की निर्माता पुजना प्रधान स्त्री हङकङ जाँदैछन् । फिल्ममा पूजना स्त्री, आयुष्मान घिमिरे, अनुज शाक्य, नम्रता झा, सुनिता ठाकुर, केशव भट्टराई, सुमन गैरेलगायतको अभिनय रहेको छ ।

प्रितिमाया गुरुङ र केशव तामाङसमेत निर्माता रहेको फिल्ममा शिखर सन्तोष, अर्जुन पोखरेल, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य र सुदिप बरालको छायांकन छ ।

SUBSCRIBE 👉