मदिरा सेवनविरुद्ध डि पीको डकुड्रामा


D Pकाठमाडौ । मदिरा सेवन विरुद्धको डकुड्रामा ‘नदेखिएका आ“शुहरु’ बन्ने भएको छ । पत्रकार डि पी शाह चक्रवर्तीको पटकथा संवाद र निर्देशन रहने डकुड्रामाको राजधानीमा शुक्रवार मुर्हुत गरिएको छ । वरिष्ठ पत्रकार विजयरत्न तुलाधरले नरिवल फोडेर गरेको शुभमुर्हतको निर्देशन जगन भुÈालले गरेका थिए भने क्यामेरामा विष्ण्ँु फुएल शर्मा रहेका थिए । कलाकारहरु विनय जंग बस्नेत र कमला न्यौपानेले अभिनय गरेका थिए ।

चक्रवर्तीका अनुसार कथाकार एवम परिकल्पनाकार विनय जंग बस्नेतको जीवनमा मदिराले पारेको प्रभाव र उनले तीन महिना सुधार केन्द्रमा बिताएको Ôण्ँलाई वास्तविक रुपमा पर्दामा उतारिनेछ । रिचमण्ड फेलोसिप नेपालको प्रस्तुती रहेको डकुड्रामाको कार्यकारी निर्माता संस्थाका कार्यक्रम निर्देशक विष्ण्ँु फुएल शर्मा रहेका छन् ।

बस्नेतको प्रमुख भूमिका रहने फिल्ममा कमला न्यौपाने, प्रतिÔा पोख्रेल, सुनिता सुन्दास, मिनु सुब्बा, राधिका खनाल र बालकलाकारहरु एनी भट्टराई, सलिना बस्नेत, सोनिया अधिकारी र ज्ञानु रेग्मीको पनि अभिनय रहनेछ । ज्योतिकेशर सिँहको छाँयाकन हुने डकुड्रामाको सम्पादन प्रेम शर्मा पौडेलले गर्नेछन् ।

SUBSCRIBE 👉