विष्णु चेम्जोङ बनिन् नयाँ मिस लिम्बु


काठमाडौं । याक्थुङ युथ एशोसिएसनले राजधानीमा आयोजना गरेको ‘बराह ज्वेलरी मिस लिम्बु सिजन ३’को विजेता विष्णु चेम्जोङ बनेकी छन् । राजधानीको राष्ट्रिय नाँचघरमा आयोजित फिनालेमा १७ प्रतियोगीलाई पछि पार्दै उनले उपाधिको ताजसँगै नगद ५० हजार रुपैंयाँ पनि प्राप्त गरिन् । उनले ‘मिस बेष्ट स्माइल’को अवार्ड पनि जितिन् ।
Bishnu Chemjongत्यस्तै प्रतियोगितामा मेरिना चेम्जोङ फष्ट, संगमा खापुङ सेकेण्ड रनरअप बन्दै क्रमशः नगद २५ हजार र १५ हजार प्राप्त गरे । संगमाले ‘मिस पङचुअल’ विधाको अवार्ड पनि जितिन् । प्रतियोगितामा सिर्जना लिवाङ चौथो र आङसाङ इस्पो पाँचौं बनिन् । सिर्जनाले ‘मिस पर्सनालिटी’ विधाको अवार्ड पनि जितिन् ।

विधागत अवार्डतर्फ स्मेना आवाजुङ ‘बेष्ट ड्रेस’, अनिशा बोखिम ‘मिस चार्मिङ’, कल्पना स्पो ‘मिस ट्यालेन्ट’ घोषित भए । प्रतियोगीलाई जयनसुब्बा मानन्धरले कोरियोग्राफी गरेकी थिईन् ।

मिस लिम्बु सिजन ३ को फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉