अझै पनिलाई जेसिसको साथ


Poonam Gautamकाठमाडौ । चचिर्त निर्देशक स्व. आलोक नेम्बाङ् निर्देशित अन्तिम फिल्म ‘अझै पनि’को पहिलो च्यारिटी सम्पन्न भएको छ । काठमाडौ जेसिसले सामाजिक काममा रकम खर्च गर्न सोमबार साँझ राजधानीको दरबारमार्गस्थित क्यू एस सिनेमाजमा च्यारिटी गरेको हो । उर्जा मन्त्री राधा ज्ञवालीको प्रमुख आतिथ्यमा भएको शोमा फिल्मकी निर्माता पुनम गौतमसहित कलाकारहरु पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का लगायतको उपस्थिति रहेको थियो । निर्माता पुनम गौतमले आफ्नो फिल्म हरेक नेपालीले हेर्नैपर्ने भएको बताउँदै व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा च्यारिटीमा जानु उपयुक्त ठानेकोले आफुले जेसिसलाई रोजेको खुलाईन् ।

नेपाल जेसिसका अध्यक्ष धनञ्जय श्रेष्ठले नेपाल जेसिसले देशैभर च्यारिटी गर्ने बताउँदै श्रेष्ठले फिल्म सामाजिक कथामा बनेकाले च्यारिटीको लागि दाबी गरे । काठमाडौ जेसिसका अध्यक्ष गणेश पौडेलले च्यारिटीबाट संकलित रकम सामाजिक कार्यमा लगाउने बताए । उर्जा मन्त्री राधा ज्ञवालीले नेपाली फिल्म पनि विदेशी फिल्म जस्तै गुणस्तरीय रहेको बताउँदै फिल्मलाई जेसिसले च्यारिटी गरेकोमा खुशी व्यक्त गरिन् । पुनम इन्टरटेनमेण्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको फिल्मका लेखक रामशरण पाठक हुन् ।

सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल, रामशरण पाठक, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी र सचिन सिंहको संगीत तथा राजेश श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉