शब्दको मुल्य खोज्दै युवराज


काठमाडौं । वर्षकै सुपरहिटमध्येको एक फिल्म ‘नोभेम्बर रेन’ को ‘तिमीलाई के भनु’ बोलको गीतबाट पाश्र्व गायनमा चम्किएका गायक युवराज चौलागाईं पछिल्लो समयका व्यस्त गायकमा पर्दछन् । उनले हालै ‘हरेक शब्द’ बोलको गीतमा संगीतसहित आफ्नो स्वर भरेका छन् ।

Yubaraj Chaulagainएल्बम ‘शब्द’ मा रहेको गीतमा दिपिका रिमाल थापाको शब्द छ । चर्चित एरेन्जर राजन इशानले एरेन्ज गरेको उक्त गीतको भिडियो मंगलबार सार्वजनिक भएको छ । भुषण दाहालले निर्देशन गरेको भिडियोमा मेनुका प्रधानले फिचरिङ गरेकी छन् । गीतमा गाम्भिर बिष्टको कोरियोग्राफी, धिरजजंग शाहको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ ।

एक दशकदेखि नेपाली संगीतमा सक्रिय तथा व्यस्त युवा पार्श्व गायक चौलागाईंका पछिल्लो समय ‘तिमीलाई के भनु’, ‘डोला डोला’, ‘लैजा चरी’, ‘साझ पख’, ‘घिटी घिटी’लगायतका दर्जनौ गीत दर्शक श्रोताका मनमस्तिष्कमा गुन्जीरहेका छन् । उनले निर्माणको तयारीमा रहेको फिल्म ‘क्लासिक’मा पनि स्वर दिँदैछन् ।

SUBSCRIBE 👉