जेठ २९ मा डेस्टिनेशन काठमाण्डू


Dilip Rayamajhiकाठमाडौं । स्वर्गीय निर्देशक दीपक रायमाझीले निर्देशन गरेको फिल्म ‘डेस्टिनेशन काठमाण्डू’ जेठ २९ मा अल नेपाल रिलिज हुने भएको छ । फिल्मका मुख्य सहायक निर्देशक मधुसुदन भट्टराईले निर्माण पुरा गरेको फिल्मको यसअघि रिलिज डेट वैशाख २५ थियो ।

फिल्ममा अष्ट्रेलियन हिरोइन साराह मावेको साथमा दीलिप रायमाझी, झरना थापा, आरपी पन्त, रवि गिरी र विक्रम सिंह ठकुरीलगायतका कलाकारको अभिनय रहेको छ । एकजना विदेशी युवती र ठमेलतिर डुल्ने गन्धर्वको प्रेमकथालाई मुख्य विषय बनाईएको फिल्मले दुई देशको संस्कृतिको कथा बोल्ने निर्देशक भट्टराईले बताए ।

SUBSCRIBE 👉