सामाजिक संस्थालाई रेशम फिलिलीको च्यारिटी


काठमाडौं । नयाँ वर्ष २०७२ को दोस्रो साता प्रदर्शनमा आउन लागेको कमेडी फ्लेबरको फिल्म ‘रेशम फिलिली’ को क्यान्सरविरुद्ध चेतना जगाउँदै आएको संस्था रोज फाउण्डेसनको सहयोगार्थ च्यारिटी प्रिमियर शो गर्ने भएको छ । वैशाख ११ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो फिल्मको गीत ‘जालैमा’ युट्युबमा सर्वाधिक हिट बनेको छ ।
Resham Fililiफिल्म युनिटले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माता माधव वाग्लेले प्रिमियरबाट उठेको रकम फाउण्डेसनमार्फत बालबालिकालाई शैक्षिक सहयोग गर्ने घोषणा गरे । फिल्मका प्रमुख पात्र विनय श्रेष्ठले फिल्मले कमेडीसँगै सामाजिक कथा पनि बोकेकोले सामाजिक काममा आफुहरुले सहयोग गर्ने दाबी गरे । लेखक तथा निर्देशक प्रणव जोशीले काठमाडौंमा हण्डर खाएर आजित बनेका दुई युवा रेशम र हरियाको दुःख सुख, मित्रता र संघर्षलाई मनोरञ्जनात्मक किसिमले प्रस्तुत गरिएको बताए ।
Resham Fililiफिल्ममा विनयका अलावा मेनुका प्रधान, कर्मा, कामेश्वर चौरासिया, आशुतोष श्रेष्ठ, अरुण रेग्मी, लक्ष्मी गिरी र शिशिर वाङ्देललगायतको अभिनय रहेको छ । कालिप्रसाद बास्कोटाको संगीत रहेको फिल्ममा सुनिल न्यौपानेको सम्पादन र बाबु श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉