अनन्यालाई सुपर किड्सको उपाधि


काठमाडौ । मर्निङ ग्लोरी इन्टरटेनमेन्टले राजधानीमा आयोजना गरेको ‘सुपर किड्स २०१५’ को उपाधि डिएभी स्कुलकी अनन्या अवालेले चुमेकी छिन् । कक्षा ६ मा अध्ययनरत १२ वर्षीया अनन्याले प्रतियोगितामा ‘सुपर किड्स फोटोजेनिक’को उपाधि पनि जितिन् । प्रतियोगितामा लिटल एञ्जल्समा कक्षा ६ मा अध्ययनरत ओजस्वी गुप्ता र सचिन लामिछाने क्रमशस् फस्ट र सेकेन्ड रनर अप बने । ओजस्वीले ‘मस्ट कन्फिडेन्ट’ तथा ‘बेस्ट ड्रेस’ र सचिनले ‘मस्ट ह्यान्डसम’ तथा ‘मस्ट पपुलर’को विधागत अवार्ड पनि पोल्टामा पारे ।
Super Kidsविधागत अवार्डतर्फ युबिम जिरेल ‘बेस्ट फोटोजेनिक’ र ‘मस्ट पपुलर’, जस्मिन तामाङ ‘मस्ट एक्टिभ’ र ‘वेस्ट वाक’, सादिका रावत ‘बेस्ट डिसिप्लेन’, स्मृति खत्री ‘अलराउन्डर’ र दिप्लभ श्रेष्ठ ‘बेस्ट स्माइल’ घोषित भए । यसै गरी आश्रय बेलबासी ‘मस्ट बोल्ड’, स्मृति राई ‘बेस्ट हेयर’, सिम्रन देभ ‘मस्ट फ्रेन्डली’, रजिना न्यौपाने ‘मस्ट चामिर्म’ र महिमा थापा ‘मस्ट कन्फिडेन्ट’ बने।

चौध बालबालिकाहरूको सहभागिता रहेको फिनालेको निर्णायकमा फेसन डिजाइनर तथा फिल्म निर्माता पुनम गौतम, गायिका सविना कार्कीलगायत रहेका थिए । प्रतियोगिताको मुख्य कोरियोग्राफर कला सुब्बा थिइन् भने डान्सको कोरियोग्राफी विपास्ना खनालले गरेकी थिइन् । कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनालले बालबालिकाको आत्मविश्वास विकास गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् ।

SUBSCRIBE 👉