‘सानफ्रान्सिस्को ग्लोबल मुभी फेस्टा’मा नेपाली फिल्म चकलेट र टाटा बाईबाई


nepali movie poster
दुई नेपाली चलचित्रले अमेरिकाको ‘सानफ्रान्सिस्को ग्लोबल मुभी फेस्टा’मा पहिलो पटक नेपाली चलचित्रले सहभागीता जनाउने भएका छन्। नेपालबाट चलचित्र चकलेट र टाटा बाइबाइले सहभागीता जनाउन लागेका हुन्। २१ बर्षदेखि महोत्सव गर्दै आइरहेको फेडरेसन अफ इन्डो अमेरिकनले पहिलो पटक नेपाली कलाकारलाई सहभागी गराउन लागेको जनाएको छ। महोत्सव आगामी अगस्ट ७ देखि १६ सम्म चल्ने बताइएको छ। महोत्सवमा विश्वका विभिन्न ३० भन्दा बढी देशका छोटा, फिचर, वृत्तचित्र र चलचित्र सहभगी हुनेछन्।

आयोजकले गोरखा इन्टरनेसनल ग्रुप एलएलसी अमेरिका अध्यक्ष प्रकाश थापालाई फेस्टिबलको ग्लोबल निर्देशकको रुपमा मनोनित पनि गरेको छ। महोत्सवमा कलाकारद्धय सुनिल थापा र पूजना प्रधान सहभागी हुने पक्का भैसकेको छ। दुई दशक भन्दा लामो महोत्सवमा यसपटक नेपालले सहभागीता मात्र जनाउन लागेको र पछि निरन्तरता पाउने प्रकाश थापाले जानकारी दिएका छन्। १५ देशका जुरीहरुले मुल्यांकन गरेपछि उत्कृष्ट चलचित्रलाई पुरस्कार प्रदान गरिनेछ।

SUBSCRIBE 👉