‘पुर्नजन्म’ गायक टेकेनको तिब्र गतिमा नयाँ गीतको तयारी


गायक टेकेन दाहाल नयाँ गीत लियर छिटै श्रोता दर्शक माझ आउन लागेका छन्। पहिलो गीति एल्मम ‘रोजाई’बाट स्रोताको रोजाईमा परेका गायक टेकेनले नयाँ गीत भिडीयो सहित प्रस्तुत गर्ने तयारी गरिरहेको जानकारी दिएका छन्। उनले ‘शुन्य शुन्य…’ वोलको आधनुनिक पप गीत चाडैं बजारमा ल्याउन लागेका छन्। गायक कै शब्द रहेको गीतमा टेकेन सँगै कमल खत्रीले पनि आवाज भरेका छन्।

teken dahal

यसअघि उनले बजारमा ल्याएका पहिलो एल्बम ‘रोजाई’मा ६ वटा पप आधुनिक गीत समावेश छन्। एल्बममा गीतहरु गायक टेकेन र उनका दाजु नारद दहालले कोरेका हुन्। गीतको संगीत बरिष्ठ संगीतकार टिका भण्डारी र कमल खत्रीले गरेका थिए। पहिलो गीती एल्मबमा समावेश ‘पुर्नजन्म’ ले स्रोता दर्शकहरुको मन जित्न सफल भएपछि हौशियका गायकले नयाँ गीतको तयारी गरेका हुन्।

‘पुर्नजन्म’ लाई यु ट्युबमा साढे ५ लाख पटक हेरिसकिएको छ। पुन: एक पटक हेरौ – गायक टेकेन दाहालको पुर्नजन्म।

SUBSCRIBE 👉