तुलाको गीतमा आमाको पीडा


काठमाडौं । संविधानसभामार्फत नयाँ संविधान बनाएर जनतालाई खुशी बनाउने भाषण नेताले जनता सामु गरे पनि त्यो पुरा हुन सकेको छैन । यस्तै विषयलाई उठान गरेर तुला प्रवातले आफ्नै शब्द र संगीतमा ‘रित्यायौं यी बुढी आमाको काख’ बोलको गीत तयार पारेका छन् । जसमा दीपक लिम्बुको स्वर रहेको छ ।

विगत १५ बर्षदेखि गायन र संगीतमा लागेको तुला प्रवातले यसअघि २ वटा एल्बम ‘माया र भविष्य’ बजारमा ल्याइसकेका छन् । उनको सार्वजनिक हुन लागेको तेश्रो एल्बम ‘दोष’मा यो गीत समावेश हुनेछ ।
Bimalesh
आफूले नेपालका चचिर्च गायक राजेशपायल राईदेखि गायिका अञ्जु पन्तसँग काम गरिसकेको उनले बताए । यस्तै, उनको स्वरमा आलोक श्री, टिका भण्डारी, राजु सिंहले समेत संगीत भरिसकेका छन् ।

यो गीतको भिडियोमा प्रशन्न पौडेलको निर्देशन, सुदिप बरालको छायांकन छ ।

SUBSCRIBE 👉