काठमाडौं । सञ्चारकर्मी सुव्रत आचार्यको डेब्यु निर्देशन रहेको फिल्म ‘अधकट्टी’ को अडियो राजधानीमा सोमबार साँझ नेपाली फिल्म क्षेत्रका नौं सुन्दरी नायिकाले सार्वजनिक गरेका छन् । पुराना पुस्ताकी अभिनेत्री करिश्मा मानन्धर देखि पछिल्ला पुस्ताका झरना थापा, दिपाश्री निरौला, हर्षिका श्रेष्ठ, नम्रता श्रेष्ठ, निता ढुंगाना, ऋचा शर्मा, प्रियंका कार्की र शिल्पा पोखरेलले अडियो सार्वजनिक गरे ।
आउँदो जेठ ९ गते देखि अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘अधकट्टी’ मा पाँच गीत समावेश छन् जहाँ बसन्त सापकोटा (अतिथि) र राजन इशानले संगीत दिएका छन् । कार्यक्रमलाई सांगीतिक बनाउन फिल्मका कलाकारहरु गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदीप बास्तोला, नम्रता श्रेष्ठ र विल्सन विक्रम राईले फिल्मका गीतमा नाँचेका थिए । फिल्मका प्रस्तुतकर्ता प्रदीपकुमार उदयले फिल्मका गीतहरु श्रोतामाझ हिट भईसकेको बताईरहँदा निर्देशक आचार्यले फिल्म सुपरहिट बन्नेमा विश्वास व्यक्त गरे ।
सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ । फिल्मको अफिसियल अनलाइन मिडिया पार्टनरका रुपमा ग्ल्यामर नेपाल रहेको छ ।
होम » फिल्मी न्युज / गसिप » सुन्दरी नायिकाहरुले सार्वजनिक गरे ‘अधकट्टी’ अडियो
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि भारतमा रिलिज हुने
वैशाख २६ गते नेपालमा देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्न सफल चलचित्र 'ऊनको स्वीटर' अब...
अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ हेर्न सकिने
५ प्रमुख एयरलाइन्सले नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ लाई आफ्ना अन्तर्राष्ट्रिय उडानमा स्ट्रिमिङ थालेका छन्। यात्रुले अब यो फिल्मलाई इन-फ्लाइट मनोरञ्जनका...
नेपालीको जवानी अष्ट्रेलियामा लगानी – अष्ट्रेलिया पुगेका युवाहरुको सपना
नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई उजागर गर्ने फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यो फिल्म...
‘परालको आगो’ छायाँकन सकिए लगत्तै रिलिज मिति घोषणा
करिब पाँच दसक अघि रिलिज भएको प्रताप सुब्बा निर्देशीत फिल्म 'परालको आगो' त्यो बेला अत्याधिक सफल भएको थियो। सोहि नामको अहिले नयाँ फिल्म निर्माण भईरहेको छ। नयाँ...
निर्देशक सुदीप्ताको फिल्म ‘रमिताको पिरति’ अफिसियल टिजर
निर्देशक सुदीप्ताको फिल्म 'रमिताको पिरति' ले एक युवतीको मनोविज्ञान कथा उजागर गर्ने संकेत गर्छ।
स्टारबोस कफीको ब्रान्ड एम्बेसडरमा मिस नेपाल २०२० – नम्रता श्रेष्ठ
टक्सार ग्रुप अफ कम्पनीले संचालनमा ल्याएको स्टारबोस कफीले मिस नेपाल नम्रता श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडर बानाएको छ। ब्रान्डप्रति ग्राहकको विश्वास र...
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज कहिले?
सुशान्त गौतम निर्देशीत चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ पोस्टर सार्बजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको छ। यो चलचित्रको प्रदर्शन मिति पटकपटक...
गायिका सुनिता दुलालले आफ्नो प्रेमी सँग कसिन लगनगाँठो (तस्विरहरु)
४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमी राजेश केसी सँग गायिका सुनिता दुलालले बिवाह गरेकी हुन्।
‘बाटुलो जून’मा अनमोलको जोडी नेन्सी कि प्रिन्सी ?
अभिनेता भुवन केसीको निर्देशनमा निर्माणाधीन चलचित्रमा अनमोल केसी, नेन्सी खतिवडा र प्रिन्सी खतिवडाको मुख्य भूमिकामा देखिदै छन्। तर 'नेन्सी र प्रिन्सीमा अनमोलको...
‘कुमारी’को गीत ‘कता छौ मेरो फूल’ सार्बजनिक, ‘भ्यालेन्टाइन डे’ नजिक फिल्म रिलिज मिति तय
नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल’ रिलिज गरेको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै चलचित्रको रिलिज...
मार्मिक स्लोगन सहित फिल्म ‘आ बाट आमा’ को २ पोस्टर सार्वजनिक
ग्रामीण परिवेशमा आधारित फिल्म ‘आ बाट आमा’ निर्माण पक्षले मार्मिक स्लोगन सहित फिल्मको दुई पोस्टर सार्बजनिक गरेको छ।
