दैव किन यति साह्रो निर्दयी हुन्छन् ? (भिडियोसहित)


Nai Nabhannu La -2 | Click On Image To View Large Image !

Nai Nabhannu La -2 | Click On Image To View Large Image !

‘नाईं नभन्नु ल २’को अफिसियल प्रोमो सार्वजनिक
ग्ल्यामर नेपाल, काठमाडौं । बालसुलभ प्रेममा आधारित चलचित्र ‘नाईं नभल्नु ल २’को पहिलो अफिसियल प्रोमो सार्वजनिक भएको छ । डेढ मिनेटको प्रोमोमा बालकलाकारद्वय अभिनव रेग्मी र सुज्ञानी भट्टराईलाई हाईलाइट गरिएको छ । विकास आचार्य निर्देशित यो चलचित्र नेपाली नयाँ वर्षको अवसरमा देशभर प्रदर्शन हुँदैछ ।

वान टाइन सिनेमाको व्यानरमा निर्माण भएको ‘नाईं नभन्नु ल २’मा जीवन लुईटेल, सुरजसिंह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, सिताराम कट्टेललगाएतका कलाकारको अभिनय रहेको छ । प्रोमोमा सबै कलाकारलाई देखाइएको छ । वयस्क कलाकारको भीडमा बालकलाकारलाई केन्द्रीय रोल दिएकोले केही चुनौती भएपनि सफल हुनेमा आचार्य ढुक्क देखिएका छन् । केही दिन अगाडि सार्वजनिक ‘यी आँखामा तिमी छौं’ बोलको गीत अत्याधिक हिट भएपछि आचार्य निकै हौसिएका छन् । उक्त गीत पनि अभिनव र सुज्ञानी भट्टराईमाथि नै फिचराईज गरिएको थियो । आचार्यले बालबालिकाबीच हुने निस्वार्थ र भावनात्मक मायालाई समेटिएको जानकारी दिएका छन् ।

चलचित्रमा विश्वमणि दाहाल, प्रदीप दाहाल र निर्देशक आचार्य स्वयमको लगानी रहेको छ । कृष्णहरि बरालको गीत रहेको चलचित्रमा गैरे सुरेश र वसन्त सापकोटाले संगीत दिएका छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । आचार्यले यसभन्दा अगाडि ‘नाईं नभन्नु ल’ र ‘रिदम’जस्ता हिट चलचित्र दिइसकेका छन् ।

SUBSCRIBE 👉