राजन र श्रेयसीको ‘धान पो नाचिन्छ’


Dhanai Nachinxaकाठमाडौ । एक समयका चर्चित गायक राजन राईले लिम्बू समुदायको चर्चित हाक्पारे साम्लो पालाङमा आधारित ‘धान पो नाचिन्छ’ बोलको गीत म्युजिक भिडियोसहित श्रोता दर्शकमाझ ल्याएका छन् ।

धान नाच लिम्बू समुदायको मुख्य सांस्कृतिक पहिचान हो। यसैलाई आधार बनाएर चलचित्र निर्देशकसमेत रहेका गायक राईले सो गीत निर्माण गरेका हुन्। आफ्नै शब्द संगीतमा तयार गरेको गीतमा उनलाई पछिल्लो समय चर्चामा आइरहेकी गायिका श्रेयसी चेम्जोङले स्वरमा साथ दिएकी छन्।

राईकै निर्देशन रहेको म्युजिक भिडियोमा रञ्जिता लिम्बू, राजकुमार लिङ्देनलगायतका कलाकारले अभिनय गरेका छन्। ‘धान पो नाचिन्छ’ गीतको म्युजिक भिडियालाई श्रोता दर्शकले रुचाएका गायक राईले बताए।

SUBSCRIBE 👉