सम्पादनमा सुवासको ‘बिर्खेलाई चिन्छस्’


Subhash  Thapa - Click on Image to View Large Image !

Subhash Thapa – Click on Image to View Large Image !

ग्ल्यामर नेपाल, काठमाडौं । आलोक नेम्वाङ निर्देशित चलचित्र “कोही मेरो”बाट रतजपटमा पाइला राखेका अभिनेता सुवास थापा पनि निर्माताको रुपमा देखिएका छन् । थापा चलचित्र ‘बिर्खेलाई चिन्छस्’ मार्फत निर्माता बनेका हुन् । आधा दर्जन चलचित्रमा अभिनय गरेका थापाको निर्माण रहेको यो पहिलो चलचित्र हो।

सुवासको ‘बिर्खेलाई चिन्छस्’को हाल सम्पादन कार्य भैरहेको छ। अराज केशवको निर्देशन रहेको यस चलचित्र काठमाडौं, दोलखा आसपासका क्षेत्रमा छायांकन गरिएको छ । अश्लेशा ईन्टरटेनमेन्टको ब्यानरमा बनेको यस चलचित्र ६ महिना भित्र प्रर्दशनमा ल्याउने लक्ष्य रहेको निर्माता तथा नायक सुवास थापाले बताए ।

रंगमञ्च अभिनयबाट चलचित्रमा पाइला बढाएका थापाले ‘बिर्खेलाई चिन्छस्’ कमेडी बेसमा निर्माण गरेका छन् । चलचित्रमा सुवाससँगै सुरेश उप्रेती, संजय कार्की, विनिता खड्का, आयुषा राई लगायतको अभिनय समेटीएको छ । निरज कडेलको छायांकन रहेको चलचित्रमा मोहित मुनालको संगीत छ ।

SUBSCRIBE 👉