अनाथ बालबालिकालाई ‘तोरी लाहुरे’को साथ


toorilahure-nepali-movie-posterग्ल्यामर नेपाल, काठमाडौं । फागुन २३ गते अलनेपाल रिलिज हुने चलचित्र ‘तोरी लाहुरे’ समाजसेवामा सक्रिय भएको छ । फिल्म युनिटले सोमबार भक्तपुरको काँडाघारीमा रहेको सृजनशील बाल गृहमा रहेका अनाथ बालबालिकाहरुलाई सहयोग गरेको छ । बालगृहमा रहेका पाँचदेखि चौध बर्षसम्म उमेरका १४ जना अनाथ बालबालिकालाई युनिटले चामलसहितका खाद्यान्न सामाग्री वितरण गरेको हो ।

वितरण कार्यक्रममा निर्देशक एनबी महर्जन, निर्माता दिल कुमार तामाङसहित कलाकारहरु गजित बिष्ट, रोहित रुम्बा, अशिष्मा नकर्मी, समुना केसी लगायत उपस्थित थिए । गजितले बालगृहका लागि आफ्नो व्यक्तिगत पाँच हजार रुपैयाँ सहयोग गरेका थिए । बालबालिकाको बीचमा रमाउन पाउँदा निकै हर्षित देखिन्थे । उनले आगामी दिनमा पनि बालबालिकाको लागि सक्दो सहयोग गर्दै बताएका छन् । फिल्म युनिटले प्रमोशनको रणनीति अनुरुप नै सेवामुलक कार्य गरेको हो ।

पछिल्लो समय नेपाली सेलिब्रेटी तथा फिल्म युनिट समाजसेवामा सक्रिय हुँदै गएका छन् । खासगरी रेखा थापाले राउटेका बच्चाको पालनपोषणको जिम्मा लिएपछि अन्य कलाकर्मी पनि समाजसेवामा अग्रसर हुन थालेका हुन् । जसले सिने क्षेत्रलाई हेर्ने दृष्टिकोण थप सकारात्मक र सम्मानीय हुँदै गएको छ ।

SUBSCRIBE 👉