भूकम्प पीडितलाई चलचित्रको नाममा निर्माण गरिएका घर


काभ्रेको पाँचखालस्थित रामपुर डाँडामा ४ दिन लगाएर नेपाली कलाकारहरुले भुकम्पले पूर्ण क्षेती भएका ४० घरका लागि ४० वटा नै अस्थायी घर निर्माण गरिदिएका छन्। ‘हामी सबैका लागि’ अभियान सुरु गरेका यूवा कलाकर्मीहरुले अस्थायी घर निर्माण गरेर स्थानियको अनुहारमा खुशी भरेका छन्। निर्देशक सुरेश दर्पण पोख्रेलको संयोजकत्वमा संचालित यो अभियानमा नायिका केकी अधिकारीले सह-संयोजक भएर काम गरेकी छिन भने दर्जनौ यूवा कलाकर्मीले साथ दिएका थिए।
suresh-darpan-pokhrel-dilip-rayamajhiनिर्माण गरीएको अस्थाई घरहरुको नाम नेपाली चलचित्रहरुको नामबाट राखिएको छ। नेपाली पहिलो चलचित्र ‘आमा’देखि नेपाली पहिलो डीजिटल चलचित्र ‘सानो संसार’सम्मका चलचित्रको नाममा निर्माण गरिएका सो घरहरु कलाकारहरुको उपस्थितीमा स्थानियलाई जेठ ६ गते हस्तान्तरण गरिएको छ। स्थानियहरुले खुशी हुँदै कलाकारहरुले गरेको सहयोगलाई कहिल्यै पनि नविर्सने बताए। घर हस्तान्तरणसँगै कलाकर्मीहरुले घरका प्रत्येक परिवारलाई एक बोरा चामल, दाल, नुन र ब्लाङ्केट समेत वितरण गरेका थिए।
we-for-allनायिका वेनिशा हमाल, सुरक्षा पन्त, मेलिना मानन्धर, बर्षा सिवाकोटी, नन्दिता केसीदेखि नायकहरु दीलिप रायमाझी, जीवन लुइटेल, अनमोल केसी, यशराज, स्वतन्त्र प्रताप शाह, देवु श्रेष्ठ, संगीतकार बसन्त सापकोटा लगायतले यसमा भौतिक र आर्थिक सहयोग गरे।

SUBSCRIBE 👉