मनिषा कोइराला भन्छिन् महिलाहरुको मर्यादामा सबैले ध्यान दिनुपर्छ


भूकम्पपीडित महिलाहरुको सुरक्षाका लागि सरकारको समन्वयमा युएनएफपीएले भूकम्प पीडित सहित अन्य महिलाको मर्यादा रक्षा गर्न विशेष कार्यक्रम सन्चालन गर्ने बताएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा युएनएफपीएले ‘डिग्निटी फस्ट’ नाम दिएर अभियान सन्चालन गर्न लागेको जानकारी दिएको हो। प्राकृतिक प्रकोपबाट प्रभावित महिला तथा किशोरीहरुलाई जीवन रक्षा गर्न ‘महिलाको मर्यादा पहिले’ भन्ने नाराका साथ ‘डिग्निटी फस्ट’ थालनी गरेका हुन्।

manisha koiralaयुएनएफपीए नेपालकी सद्भावना दूत तथा नायिका मनिषा कोइरालाले सो अभियानको घोषणा गर्दै कोइरालाले महिलाहरुको मर्यादामा सबैले ध्यान दिनुपर्ने बताइन्। नेपाल सरकार र युएनएफपीएको सहायताले प्रजनन् स्वास्थ्यदेखि लैंगिक हिंसा रोकथाममा टेवा पुग्ने आशा व्यक्त गरिन। उनले डिग्निटी फस्ट अभियानको मुख्य उद्देश्य भनेकै महिला र किशोरीको मर्यादा जोगाउनु रहेको जानकारी दिइन्। यसका लागि सरकार र युएनएफपीएको संलग्नतामा स्यानिटरी प्याड, सफा कपडाहरु र अन्य आवश्यक सामाग्रीहरु वितरण गर्ने उनले बताइन।

भारत बाट बिहिबार नेपाल आइपुगेकी मनिषाले शुक्रबार दिउँसो भूकम्प पीडितहरुको अवस्था बुझ्न काठमाडौंको टुंडिखेलमा पुगेकी थिइन्।

SUBSCRIBE 👉