नायिकाको लागि जोडी खोज्दै निर्देशक सुदर्शन थापा


nepali actress puja sharma
भुकम्पका कारण प्रदर्शन हुन नसकेको चलचित्र ‘चंखे शंखे पंखे’ को निर्माण युनिट यतिबेला अर्को नयाँ चलचित्रको तयारी गर्न तिर लागेका छन्। जेठ १ गते बाट प्रदर्शन हुने तयारी गरिएको चलचित्र ‘चंखे शंखे पंखे’को अब प्रदर्शन हुने मिति भने कार्तिक ३ गते तय गरिएको छ। निर्माण को तयारीमा रहेको नयाँ चलचित्र “प्रेम गीत” पूर्ण रुपमा रोमान्टिक हुने बताइएको छ। सो चलचित्रमा नायिका पुजा शर्मा हुने पक्का पक्कि भईसकेको छ भने नायिकाको जोडीको हाल खोजि कार्य भईरहेको छ। निर्माता सन्तोष सेनको मात्र लगानीमा निर्माण हुन लागेको चलचित्र भुकम्पले त्रसित जनजिवन सामान्य भएपछी मात्र छायाँकनमा जाने तयारीमा रहेको निर्देशक सुर्दशन थापाले बताएका छन्।

SUBSCRIBE 👉