काठमाडौं । नायिका, निर्मात्री एवं निर्देशक रेखा थापाले आफ्नो फाउन्डेशनबाट तीन भूकम्प प्रभावित सञ्चारकर्मीलाई आर्थिक सहयोग गरेकी छन् । रेखा थापा फाउन्डेशन मार्फत भूकम्प प्रभावित तीन जना सञ्चारकर्मीहरु विजयरत्न तुलाधर, कुँवेर गिरी र शारदा थापालाई जनही ३० हजार रकम हस्तान्तरण गरिएको हो ।
राजधानीमा एक अनौपचारिक कार्यक्रममा भूकम्पले गर्दा घर गुमाएका तीन जना सञ्चारकर्मीलाई चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियको रोहवरमा फाउन्डेशनका महासचिव सविर श्रेष्ठ र नवनायक आभाष अधिकारी मार्फत हस्तान्तरण गरिएको हो । आभाष रेखा फिल्मस्को आगामी फिल्म ‘रामप्यारी’ मार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दैछन् । आर्थिक सहयोग प्राप्त गरेपछि भूकम्प प्रभावित सञ्चारकर्मीत्रयले नायिका रेखा थापा र उनको फाउन्डेशन प्रति कृतज्ञता प्रकट गरे । नायिका थापा भने भूकम्प प्रभावितको सहयोगार्थ राहत संकलनका लागि हाल अमेरिकामा छन् ।
रेखाले यसै साता अर्का भूकम्प प्रभावित सञ्चारकर्मी डिपी शाह चक्रवर्तीलाई पनि ३० हजार नगद सहयोग गरेकी थिइन् भने चलचित्र प्राविधिक संघलाई आफ्ना भूकम्प प्रभावित सदस्यको सहयोगार्थ एक लाख नगद रुपैयाँ सहगोग गरेकी छन् । भूकम्प गएको केही दिन बाटै रेखाले पशुपति आर्यघाटमा भूकम्पका कारण निधन भएकाको शवलाई दाहसंस्कार गर्न आर्थिक सहयोग गर्दै आएकी थिइन् ।
होम » फिल्मी न्युज / गसिप » भूकम्प पीडित सञ्चारकर्मीलाई रेखा थापाको सहयोग
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि भारतमा रिलिज हुने
वैशाख २६ गते नेपालमा देशभरका करिब ४० सिनेमा हलमा ५१ दिनसम्म प्रदर्शन भई नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्न सफल चलचित्र 'ऊनको स्वीटर' अब...
डकुड्रामा ‘मौन’ को टिजर रिलिज, रोकिएका शो पुनः सञ्चालन गर्दै निर्देशक
रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’ को टिजर रिलिज गरिएको छ। १ मिनेट १४ सेकेण्ड लामो टिजर भिडियो आमा छोरीको भावनात्मक कथा केन्द्रित छ।
नेपालीको जवानी अष्ट्रेलियामा लगानी – अष्ट्रेलिया पुगेका युवाहरुको सपना
नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई उजागर गर्ने फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यो फिल्म...
‘कुमारी’को गीत ‘कता छौ मेरो फूल’ सार्बजनिक, ‘भ्यालेन्टाइन डे’ नजिक फिल्म रिलिज मिति तय
नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल’ रिलिज गरेको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै चलचित्रको रिलिज...
अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ हेर्न सकिने
५ प्रमुख एयरलाइन्सले नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ लाई आफ्ना अन्तर्राष्ट्रिय उडानमा स्ट्रिमिङ थालेका छन्। यात्रुले अब यो फिल्मलाई इन-फ्लाइट मनोरञ्जनका...
‘परालको आगो’ छायाँकन सकिए लगत्तै रिलिज मिति घोषणा
करिब पाँच दसक अघि रिलिज भएको प्रताप सुब्बा निर्देशीत फिल्म 'परालको आगो' त्यो बेला अत्याधिक सफल भएको थियो। सोहि नामको अहिले नयाँ फिल्म निर्माण भईरहेको छ। नयाँ...
निर्देशक सुदीप्ताको फिल्म ‘रमिताको पिरति’ अफिसियल टिजर
निर्देशक सुदीप्ताको फिल्म 'रमिताको पिरति' ले एक युवतीको मनोविज्ञान कथा उजागर गर्ने संकेत गर्छ।
प्रदर्शन मिति तय गर्दै ‘किन लाग्छ माया’को फस्टलुक बाहिरियो
पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको फिल्म “किन लाग्छ माया” नेपाल सहित विदेशमा एकैसाथ प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले...
‘बाटुलो जून’मा अनमोलको जोडी नेन्सी कि प्रिन्सी ?
अभिनेता भुवन केसीको निर्देशनमा निर्माणाधीन चलचित्रमा अनमोल केसी, नेन्सी खतिवडा र प्रिन्सी खतिवडाको मुख्य भूमिकामा देखिदै छन्। तर 'नेन्सी र प्रिन्सीमा अनमोलको...
पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज कहिले?
सुशान्त गौतम निर्देशीत चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को नयाँ पोस्टर सार्बजनिक गर्दै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको छ। यो चलचित्रको प्रदर्शन मिति पटकपटक...
कलाकारहरुको क्यारेक्टर खुलाउदै फिल्म ‘परिवर्तन’ को नयाँ पोस्टर सार्बजनिक
अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाउदै फिल्म ‘परिवर्तन’ को नयाँ पोस्टर बाहिरिएको छ। पोस्टरमा फिल्मका मुख्य सात कलाकारको क्यारेक्टर प्रस्तुत...
अभिनेत्री बेनिशा हमालको छोटो फिल्म ‘मिसिङ ब्राइड’
अभिनेत्री बेनिशा हमालको रहस्यमय कथामा बनेको छोटो फिल्म Missing Bride मा वर्षा राउत बेहुलीको भूमिकामा छिन् भने विवेक सिंह ठकुरी लेखकको भूमिकामा देखिएका छन्।
