प्राविधिकका लागि अधकट्टीको च्यारिटी


Trailer Adhakattiकाठमाडौं । भूकम्पबाट पीडित बनेका फिल्म प्राविधिकहरुको सहयोगार्थ आगामी असार १ गते फिल्म ‘अधकट्टी’ले राजधानीको कुमारी हलमा च्यारेटी शो गर्ने भएको छ । फिल्मका निर्माता प्रदीप उदयका अनुसार च्यारिटीबाट २० लाख उठाउने लक्ष्य राखिएको छ र सबै पैसा प्राविधिकहरुलाई नै दिइनेछ ।

आइएएफ नेपाल नामक संस्थाले आयोजन ागर्ने शोको संयोजक अभिनेत्री ऋचा शर्मा छिन् । निर्माता उदयले उपत्यका बाहिरका विभिन्न ५ शहरमा पनि फिल्मको च्यारेटी शो हुनेछ । ‘बाहिरबाट ५ देखि १० लाख रुपैंयाँसम्म उठाउने योजना छ ।’ उनले भने । गत जेठ ८ बाट प्रदर्शनमा आउन लागेको फिल्म वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछि अनिश्चितकालका लागि पछाडि सरेको थियो ।

जोकोहीले पनि च्यारिटी शोमा टिकट काट्नुपर्ने आयोजकले नियम राखेका छन् । नेपाल चलचित्र प्राविधिक संघका अनुसार ४० जना प्राविधिकहरुले मात्र हालसम्म संघलाई क्षतिको विवरण दिएका छन् । संघका अध्यक्ष मनोज केसीले आएको रकमले प्राविधिकको घर बनाउने योजना रहेको खुलाए ।

कमेडी जनरामा बनेको फिल्मको सांगीतिक पक्ष पनि उत्तिकै राम्रो रहेको छ । सुव्रत आचार्यको निर्देशनमा बनेको फिल्ममा अशिष्मा नकर्मी, रिस्ता बस्नेत, प्रदिप बास्तोला, गौरव पहारी, विल्सन विक्रम राईको मुख्य भूमिका छ ।

SUBSCRIBE 👉