मिस नेपाल २०१२ सृष्टि श्रेष्ठको फड्को


shristi shrestha bollywood video photoसन् २०१२ मा मिस नेपालको ताज पहिरिएदेखि नै सृष्टि श्रेष्ठले फिल्म खेल्ने गाइँगुइँ सुनिएको थियो। क्राउन पिरियड सकिएपछि अभिनय प्रशिक्षण सुरु गरिन् तर लामो समय बितिसक्दा पनि उनलाई केही विज्ञापनबाहेक फिल्ममा देख्न पाइएको थिएन। खासमा उनी डेब्युका लागि सही प्रोजेक्टको प्रतीक्षामा छिन्। यही मेसोमा सृष्टिले मोडलिङ गरेको एक हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ।

सृष्टि श्रेष्ठको ग्ल्यामर फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्म ज्याकपटको ‘कभी जो बादल वर्षे…’ गीतको अनप्लग्ड भर्सनमा उनले आफ्नो क्षमता देखाउने मौका पाएकी हुन्। बलिउडका सर्वाधिक व्यस्त गायक अर्जित सिंहको स्वरमा सजिएको यस गीतको भिडियोमा सृष्टिले भारतीय हिरो सचिन जोशीसँग खुलेर रोमान्स गरेकी छन्। यो गीतको फिल्म भर्सनमा सन्नी लियोनले जवानी पोखेकी थिइन्। – गोकर्ण गौतम

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉